You are viewing the translated version of (घ) (नियम ४ संग सम्बन्धित).

Schedule 4
(घ) (नियम ४ संग सम्बन्धित)

एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न लिखित शर्तहरू पालना गर्ने गरी निम्न विवरणको एमेच्योर रेडियो कन्ट्रोल अपरेटर । एमेच्योर रेडियो सञ्चालककोे लाइसेन्स दिइएको छ ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नामः–
२. ठेगानाः–
३. लाइसेन्स नंः–
४. एमेच्योर रेडियोको विवरणः–
(क)
(ख)
(ग)
(घ)
५. एमेच्योर रेडियो स्टेशन स्थानः–
६. लाइसेन्सवालाले पालना गर्नु पर्ने शर्तहरूः–
(क) आर्थिक लाभको उद्देश्यले आफ्नो वा कसैको कुनै खवर समाचार आदान प्रदान गर्न पाइने छैन ।
(ख) इजाजत प्राप्त व्यक्ति बीच आत्म शिक्षा र रेडियो प्रविधिको अन्वेषण गर्ने उद्देश्यबाट मात्र संचार आदान प्रदान गर्नु पर्नेछ ।
(ग) दैविप्रकोप वा आकस्मिक घटना परेमा वा सार्वजनिक दूर संचार साधन समेत उपलब्ध नभएको अवस्थामा नेपाल सरकार संचार मन्त्रालयबाट स्वीकृति लिएर तेस्रो पक्षको कुनै सन्देश आदान प्रदान गर्न खण्ड (ख) ले कुनै रोक लगाएको मानिने छैन ।
(घ) कसैले गैर कानूनी प्रसारण गरेको लाइसेन्सवालाले थाहा पाएमा नेपाल सरकार, संचार मन्त्रालयलाई तत्काल जानकारी दिनु पर्नेछ र त्यस्तो कुनै कुराको सम्बन्धमा नेपाल सरकार, सञ्चार मन्त्रालयबाट मद्दत मागेमा त्यस्तो कुराको सूचना दिनु लाइसेन्सवालाको कर्तव्य हुनेछ ।
(ङ) नेपाल सरकार, सञ्चार मन्त्रालयबाट तोकि दिएको अपरेटिङ्स्तगर अनुरूप संचालन गर्नु पर्नेछ ।
(च) सबै प्रसारणमा प्रत्येक १० मिनेटको अवधि ननाघ्ने गरी आफ्नो कल साइन पटक पटकउल्लेख गर्नु पर्नेछ ।
(छ) आफूले रेडियोमा सम्पर्क राखेको एमेच्योरको लगबूक नेपाल सरकार, सञ्चार मन्त्रालयबाट तोकी दिएको ढाँचामा राख्नु पर्नेछ ।
(ज) अन्य कुनै पनि एमेच्योर रेडियो अपरेटरसंग क्यू. एस. एल. कार्ड पठाउन खर्चको रूपमा कुनै नगदी वा जिन्सी माग गर्न वा लिन पाइने छैन । यदि विदेशी नागरिकबाट अन्तरराष्ट्रिय जवाफी कुपन वा नगद प्राप्त भएमा त्यस्तो कुपन वा नगद सञ्चार मन्त्रालयमा बुझाउनु पर्नेछ ।
(झ) आफूले राखेको वा प्रयोग गरेको स्टेशन आफूले वा अन्य एमेच्योर रेडियो सञ्चालकहरूलाई सञ्चालन गर्न दिएको भए सोको समेत स्पष्ट विवरण सहितको लगबूक नेपाल सरकार, सञ्चार मन्त्रालयबाट तोकि दिएको ढाँचामा राख्नु पर्नेछ र
त्यस्तो लगबुक प्रत्येक ६।६ महिनामा सञ्चार मन्त्रालयमा अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।
७. प्रयोग गर्न पाउने फ्रिक्वेन्सीहरूः–
८. कल साइनः–
कार्यालयको छाप लाइसेन्स दिने अधिकारीको
सहीः–
नामः–
दर्जाः–
मितिः–